Friday, August 10, 2007

डाँडैमा मेला लागेछ, रसुवाले बोलाईरहेछ.......







हरेक बर्षझैँ यस बर्ष पनि गोसाईकुन्डको मेला सुरु हुनै लागेको छ।यस बर्ष करिव २५००० जनाले गोसाईकुन्डको दर्शन गर्ने अनुमान गरिएको छ। थुप्रै स्थानमा अस्थाई थर्पुहरु राखिएका छन। यो उत्साहको बिच मुलखर्कको पहिरो कठिन चुनौति भएको छ। गोसाईकुन्डमा नुहाउनाले पापबाट मुक्ति पाईन्छ भन्ने विस्वाश गरिन्छ। समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शेवन गर्दा भएको डाहलाई शान्त पार्न भगवान शिवले त्रिशुलले पहाड खोप्दा चिसो पानि निस्कियो र त्येहि पानि खाई विषको डाह शान्त पारेका थिए भन्ने पौराणिक कथन छ। अत: हामि सबैले यो महान धार्मिक स्थलको भ्रमण गरि पुण्य कमाऔँ र आन्तरिक पर्यटनलाई प्रवर्दन गरौँ। गोसाईकुन्डमा सम्पुर्ण भक्तजनहरुलाई स्वागत छ।

Monday, August 6, 2007

पहिरोले दिएको पीडा




रसुवाको कालिकास्थान र जिबजिबेको विचमा रहेको धोबि खोलामा गएको पहिरोले गर्दा हज्जारौँ स्थानियबासीहरुले दुख पाईरहेका छन। यो पहिरोले रसुवाको दक्षिणि भेगलाई प्रमुख वजार कालिकास्थानसँग छुट्याएर पुर्वि भेगलाइ दुर्गम मात्र बनाएको छैन, बिकास प्रक्रियामा यहि पहिरोले वाधा पुर्याएको छ। के गर्नु, प्रक्रितिनै विरुद्दमा लागेपछि? रोकथामका प्रयासहरु नभएका होइनन् तर पनि समस्या यथावत नै छ।
By डि-एक्सप्रेस

Monday, July 23, 2007

जाने होइन त हेटौँडा?

By डि-एक्सप्रेस





सहिद स्मारक हेटौँडाको चिनारि हो। अचम्मको "थाहा" स्तम्भ, नमुना "मिनि जू", "मदन बाटिका, आदिले स्मारकलाई रमणिय बनाएको छ। अझ हेटौँडामा मनकामना पनि रहेछ, स्वयम्भुको जस्तो डाँडा मथिवाट हेर्दा त साच्चै त्यो शहर रमणिय लाग्छ । अझ पुष्प स्म्रितिमा रहेको पोखरिमा डुङा चढ्दा त फेरि पनि जाउँ जाउँ लाग्छ।

चहलपहल सँबिधानसभाको

By डि-एक्सप्रेस


सँविधानसभाको मिती नजिकिदै गर्दा युवाहरु पनि सचेतनाका लागि लगिपर्दैछन।
रन्जना राई अहिले त्यहि सचेतनाको लागि प्रयास गर्दैछिन्। सँविधानसभामा महिला, दलित्, जनजाति तथा पिछडिएकाहरुको पनि समान पहुँच र अवसर हुनुपर्छ भनेर ब्यापक आवाज उठाइएको छ।

Saturday, July 7, 2007

हेमको डायरीबाट

लाङ्टाङ्-थोरङ्पाश भाकाको लोक गीतको छायान्कन रसुवामा भएको छ। लाङ्टाङ्-थोरङ्पाश गर्दा- गर्दै स्थानिय युवतीसँग प्रेममा फसेको एक युवकको कथा उनिएको छ यस गीतमा। गायक दामोदर खतिवडा गीत मार्फत यस क्षेत्रको प्रवर्दन गर्न चाहनुहुन्छ। तस्विरमा स्थानिय कलाकारहरु।

Tuesday, July 3, 2007

Destination Gosainkund

By डि-एक्सप्रेस



गोसाईकुन्ड यात्राको पहिलो दिन हामी निक्कै हिँड्यौँ। राती आठ बजे हामी ढिम्साको उकालो लाग्दै थियौँ।थकित साथीहरु हिँड्न सकेनन्, अझ हामी टर्च लाइट बिना थियौँ।चन्दनबारिमा होटल देखेपछि मात्र हामीलाई ढुक्क भयो।

Sunday, July 1, 2007

kyanjin

By Hem